Monday, June 27, 2016

दुख्ने पिडा पनि मेरै हो
दुख्ने घाउ पनि मेरै हो
खुशी अनुहार पनि मेरै हो
खुशी मन पनि मेरै हो

क्षणभर को लागि बाटोमा भेटेकाे
मात्र हो तनाउहरु
ढल फल हुने जीवनी केहि क्षण को
लागि साटेको मात्र हो
लुकी जाने जवानी केहि क्षण को
लागि पैचो मागेको मात्र हो

पात बाट खस्दै गरेको एक थोपा
पानी त हौ हामी
घामको किरणमा बिहानै बिलि जाने
शीत को थोपा त हौ हामी
रेगिस्तानको मृगतृष्णा भित्र लुकेको
प्यास मात्र त हौ हामी

No comments:

Post a Comment