जानीजानी कति भूल गरे
अन्जान मा पनि कति भुल गरे
सियोको टुप्पोमा राखेर पनि जीवनीलाई हेरे
कति सपना त्यही सियो को टुप्पो मा
अल्झीरह्याे
कति सपना त्यही सियोमा ऊनेर पनि
मर्यो
यथार्थ देखि धेरै टाडा भागी रहे
सपनी सित म धेरै बेर रमाए
चिनेको बाटोलाई दोस्रो पल्ट पनि
नचिने झैँ गर्दै हिडी रहे
धाेका खादै फेरी धाेका दिनेहरुको
बीचमा म हिडीरहे
बाटोमा काडाहरु धेरै अंगाले माया गरे
काडा को चोट अहिले महसुस गरे
सडक को बत्ती सित रातलाई पनि दिन
सम्झीदै हिडीरहे
सुर्यको किरण कस्तो हुन्छ भनेर अहिले
पो थाहा पाउन थाले
No comments:
Post a Comment