Monday, June 27, 2016

जीवनमा कुनै मोड़ भएर हिडे पनि
अन्तको मोड़ सबैको एउटै  हुन्छ
जतिनै घात पुराएर गयौ भने पनि
माया आखिर सबैको मायानै हुन्छ

पर्खाल देखी  बाहिर आएर हेर
अन्धकार देखी उज्यालो मा निक्लेर हेर
माया संसारमा सबैलाई बाटेर हेर
प्रकृति सित एक पल्ट गुनगुनाएर हेर

हराएको इच्छा  मुटु भित्र आलो पाउँछौ
बिर्सेको सपनाले तिम्रो बाटो हेरीरहेको पाउँछौ
रित्तो भाडाहरु एक एक गर्दै भरिएर आउँछ
मनको अध्यारोमा फेरी दियोको उज्यालो छाउँछ

No comments:

Post a Comment