चुडिएको चंगा जस्तो खुला आकाशमा
हावाको लहरहरु संग एक्लै
बतासिरहेको छु
थाहा छैन बतासिन्दै कहाँ पुग्ने हो
मेरो बास रुख माथि हुने हो
या च्यातिएर लथालिंग हुने हो
जब मेरो साथ धागोसँग हुन्थ्यो
मलाई आकाश चुम्न मन पर्थ्यो
जब म चुडिए, बेसाहारा भए
अच्चम को संसार कस्तो संसार
म एउटा चंगा उसलाई प्रतिनिधित्व
गर्दै आकाश चिनाउने
जब म चुडीनछु उसले मलाई भुली जाने
लत्किएर कहिले तारहरुमा नाच्दै
गरेको हुन्छु
सँन्चोले कहाँ बाँच्न सकिन्छ
ढुंगाको झटारोले छिया छिया पारछ
अतालिन्छु भयानक दृश्य देखेर
के गर्नु चुप चाप बस्नु बाहेक केही छैन
No comments:
Post a Comment