म बिउँझेको बिहानीमा तिमी म सित नयन भएर बिउँझी देउ
म निदाएको आँखा भित्र तिमी म भित्र सपनी भएर बसी देउ
मेरो हर बिहानी तिम्रो कोमल स्पर्श बाट
शुरू होस
मेरो हर दिन तिम्रो सपनीहरु ले सदा सजियोस
निश्चल धड्कन भइ म भित्र सदा धड्कि बस
चोखो रगत बनी मेरो शरीर भित्र बग्दै बग्दै बस
हर क्षण तिम्रो विश्वास सदा यो हृदय मा छाइ रहोस
क्षण क्षणमा तिम्रो तस्बिर यो आँखा ले देखी रहोस
कच्चा डोरी किन न होस् मजबुत बनाउने
प्रयाश हाम्रो होस
कुनै पनि सम्बन्ध समुन्द्र को छालमा निक्लेको
नाउ जस्तै हो
तर हाम्रो सम्बन्ध शीतल बगिरहने पवन जस्तै होस
No comments:
Post a Comment