एउटा यात्रा यस्तो होस्
बाटो भरि सुन्दर यात्रीहरु भेटोस
बाटोको यात्री यस्तो होस्
सुन्दर बिचारको फुलबारी होस
अंगालो मार्ने यात्री धेरै हुन्छ
कसैको मनमा खोट न होस
मस्तिष्क ले आफ्नै यात्रा गर्छ
शरीर को आफ्नै यात्रा हुन्छ
तर यो मनको यात्रा सुन्दर भावहरु
सित होस
आँखाको यात्रा अरु शरीर को अङ
भन्दा भिन्न हुन्छ
दिमागले , आँखाले देखेको नराम्रो यात्रा
कहिले नअंगालाेस्
No comments:
Post a Comment