तिमी अर्कै किताबको कथा भयौ
जहाँ मेरो जीवनीको कहानी छैन
तिमीलाई पद्ने धेरै छ पाठकहरु
मलाई पद्ने यहाँ कोही छैन
रंगमंच मा चलिरहेको नाटक एउटा
नाटक मा तिमी त्यो चरित्र मा छौ चरित्रभित्र डुबेको तिम्रो अभिनय
प्रशंसााकाे तालीले रंगमंच गुन्जीरहे
दर्शक भएर हेरिरहे तिम्रो उत्कृष्ट अभिनय
खोजे नाटकमा मेरो चित्रण कतै लुकेको
हराएछु छाया भै तिम्रो कथा बस्तुमा
हराएछु छाया भै तिम्रो यथार्त जीवनीमा
No comments:
Post a Comment