बादल जस्तो हुन पाए हावा सँग नाच्थे
आज बिन्दास आकाशमा उडीरहेको भोली पानी भइ धर्ती मा छरिएको
हुन्थे पानी भए अझै राम्रो कसैको जीवनीको तिर्खा मेट्न त सक्थे
हावा भएर उड्न पाए अझ राम्रो
कसैको जीवनीको स्वाश त हुन्थे
फुल भएर फुल्न पाए त हुन्थ्यो
कसैलाई खुसीयाली त दिन सक्थे
सेतो बादलको कालो दाग जस्तो लाख्छ जिन्दगी
चोखो पानीमा मिसेको मैला पानी लाख्छ जिन्दगी
शुद्ध हावामा प्रदुषण भए जस्तो लाख्छ जिन्दगी
फुल साथमै उम्रेको काडा लाख्छ जिन्दगी
कुनै गुनासो छैन्न यो जीन्दगीलाई
तिम्रो मुटु कुनाको एउटा याद भए भयो जिन्दगी
तिम्रो रातको सपनी हुन पाए भयो जिन्दगी
कुनै गुनासो छैन्न यो जीन्दगीलाई
No comments:
Post a Comment