जिन्दगीको त्यो मोडहरुलाई
एक पल्ट फर्केर हेर्दा
म त कहाँ आएर अल्जेछु
कहिले न टुंगिने जीवनकाे गन्तव्य
विश्रामको चिन्ह खोजी रहेछु
रित्तो मन,चिसो पन,त्यो सपना
जहाँ म मात्र बाचेको थिए
आज आफै संग आफै अपरिचित भए
चिन्दैन आज मलाई आफ्नै सपना हरुले
लक्ष्य भुलेको एउटा ब्यक्ति मात्र भए
No comments:
Post a Comment