अलिकति हाँसो संग धेरै आँसु
मिसाई दिए
ज्यादा अाफैले पिएर थाेरै तिम्रो लागि छाडी दिए
थोरै तिम्रो मायामा म धेरै पागल
भइ दिए
चोट मैले धेरै पाए तिम्रो लागी अलि
कति छाडी दिए
बाटो मा भइरहेको रमितामा म एउटा तमासा भइ दिए
बदनाम म नै भइ दिए तिमीलाई नया जिउने बाटो देखाई दिए
आगोको ज्वाला भित्र जलेर म नै खरानी भइ दिए
तिमीलाई शीतल हावा भइ उड्ने स्वतन्त्र दिए
No comments:
Post a Comment