Monday, July 13, 2015

गुमसुम गुमसुम भएर बसि रहेछ मन
झरनाको पानी संग खेली रहेछ मन
एकान्तमा एकलै बगि रहेछ मन
पिन्जरा मा झैँ कैद भै रहेछ मन
उज्यालो सित डराइ रहेछ मन
अध्याराेसित भागी रहेछ मन
न खोज्छ यसले साथी न दुश्मनी
न रोज्छ यसले शान्त न लडाई
उसलाई जिउँदै यहाँ मर्नु छैन
उसलाई मरेर यहाँ एक्लै बाच्नु छैन
उसलाई भीडहरुमा झुठो कथा भन्नु छैन
उसलाई झुठो देश भक्तिको गित गाउनु छैन
उसलाई दुई छाक को निम्ति मात्र बाँच्नु  छ
उसलाई मर्दा कात्रो किन्ने पैसा जाेगाडनु छ

No comments:

Post a Comment