त्यो अन्तिम भेट मा भन्नु धेरै थियो
त्यो अन्तिम साझ मा निराश पल मात्र थियो
हुरी बताश सहेर पनि जीवनी बित्दै गयो
उज्यालो अनि अध्यारोमा पनि जीवनी निक्लिन्दै गयो
जीवनीले हँसाए हासी दिन्थे जीवनीले रूवाए राेइ नै दिन्थे. यहाँ जीउँनकाे लागि जे मा पनि
दुई वटा बाटो छ
तर जीवन यहाँ एउटा मात्र छ
कहिले च्यातीएको कागज जस्तो
कहिले रोएर पुछेको नयन जस्तो
कहिले एैना भित्र लुकेकाे शुन्यता जस्ताे।
त्यो अन्तिम भेट मा भन्नु धेरै थियो
No comments:
Post a Comment