जीवन त छ,जीउने साहारा
कहाँ छुटियाे
ऋतुहरु त छ,त्यसमा बसन्त
कहाँ छुटियाे
उकाली त छ,त्यसमा श्वास फेर्न
कहाँ बिर्सिए
जलन भित्र जलेर,जिउनु मैले
किन बिर्सिए
सानो फूलबारीमा पानी हाल्न
किन बिर्सिए
तारा,जुन ल्याई दिन्छु भन्ने सपना
किन देखाए
स्वार्थी भएर जीवन भर यो जीवनीमा किन बाची रहे
अत्तालिन्दै जीवन देखी अघि अाए थाहा भएन अतितलाई कहाँ छोडी पठाए
फर्किनु त भनेको गाँउको पुरानो चौतारीमा
पैरोले बाटो लगि दिएछ
छ मुटु भित्र पहिलो चोटी अाँखा खुलेको संसार
याद छ पहिलो चोटी बोलेको संसार
जीवन त छ,जीउने साहारा कहाँ छुटियाे
No comments:
Post a Comment