यो एउटा धर्का मात्र हो
कुनै सिधा देख्छु
कुनै बांगीएको देख्छु
यो एउटा रंग मात्र हो
कुनै सेतो देख्छु
कुनै कालो देख्छु
यो मन निस्वार्थ पनि हुन खोज्छ
यो मन धेरै स्वारथी नै हुन्छ
कसैलाई धेरै माया गर्छु
कसैलाई अवहेलना गर्छ यही मनले
बतासिएर कहिले आफ्नो बशमा पाउदिन
मातिएर कहिले आफैलाई म होसमा पाउदिन
कुल्चिएर सबै भत्काऊन खोज्छु
बनाउने मेरोमा कुनै क्षमता छैन
लोप भएर हराउन सक्ने भए
म यँहा बाट हराई जान्थे
मरणको सामना गर्ने मेरोमा
आट नै छैन
No comments:
Post a Comment