शीतल शीतल हावामा तिमी बगि रौ सुगन्ध भइ म तिमीलाई पछाई रहन्छु
तिमी शब्द भएर कागज मा कोरी रौ
तिम्रो भावना भइ गीत गुनगुनाई रहन्छु
हिमाल जस्ताे अचल बस तिमी हिउँ भइ तिमीलाई अंगाली रहने छु
समुन्द्र को कतै तिमी मोती बनेउ भने
सागर भइ जीवन भरि ढाकि रहन्छु
गीत भइ गुनजिरौ मेरो कानमा तिमी
संगीत भइ सधै पछाई रहन्छु
रगत भइ बगि रौ मेरो अंग अंग मा
जीवनी भर तिमी सँगै बाँचिरहन्छु
No comments:
Post a Comment