नमस्कार दार्जिलिङ्गे
बिहानी भयो
खाजामा भुटेको भात
आमालाई स्कुलेहरुको हतार
बाबालाई अफिश जाने हतार
बेकारीलाई बाटो नाप्ने हतार
मत्थुलाई रक्सी पिउने हतार
अफिस बाबुलाई घुस खाने हतार नेतालाई भाषण दिने हतार
समय बित्यो , जमाना बदल्यो
दार्जिलिङ्गे कहिले बदलेन
कुकुरको पुच्छर ढुंग्रो मा राखे जस्तै
दार्जिलिङ्गे कहिले सिधा भएन
सबैको मुख मा माटो माटो भन्छ
आफ्नै आगनको पैरो रोक्न सक्दैन
दुःख गरियाै फलकाे अाशा दिन्छ फल राेप्ने विधि थाहा छैन
दार्जिलिङ्गे हरु यात्रा गरेको
सयौ साल भयो
अर्को सयौ सालको ?????????
रात पर्दै गयो
भोख ले चुल्हाकाे दैलाे मा
सुक्खा राेटी धनियाको अचार
Good night दार्जिलिङ्गे
मन भित्र चै भोली बिहान
Fried rice
नमस्कार दार्जिलिङ्गे
No comments:
Post a Comment