Sunday, July 26, 2015

शब्द नै पाउन छोडी सके
के भनेर सम्भोदन गर्नु तिमीलाई
छोडेको थियौ एउटा सब्द मायालु
त्यो पनि अन्धकार सित साटी पठाए

घामलाई हेरे घाम संगै तर्सिन्छु
दुनियालाई एक पल्ट म गिजावछु
झरी संग अतितलाई पखाल्न खोज्छु
जुनको उज्यालो मा फेरी झस्किन्छु

मेरो खुशी मेरो आँसु मेरो जीवनी
सबै मेरो मात्र रहेछ कसैको होइन
मेरो जन्म मेरो जीवनी मेरो मरण
सबै मेरो मात्र रहेछ कसैको होइन

No comments:

Post a Comment