Monday, July 13, 2015

म देखि अलिक टाडा जुन छ
अझै टाडा म देखी ताराहरु छ
त्यो बीचमा धेरै धेरै सपनाहरु छ
सुर्य बिहानै म सँग टासिन अाउँछ
सपनाहरु संगालेर राखिदिएको
हुन्छ
हिडिरहेको जिवनीमा यो धर्ती
साथ साथ म संगै हिडीरहेको छ
म जहाँ रोकिन्छु धर्ती त्यही रोकिन्छ
हिड्न थाले धर्ती फेरी हिड्न थाल्छ
म जहाँ जान्छु त्यही यो जुन , तारा
सुर्य , यो धर्ती साथ साथ हुन्छ
सपनाहरु बोकेर पछाई रहेको हुन्छ
मेरो सपना झुन सपना मैले
सानो गाँउ को गोरेटो , चौतारी ,                                                                                                                                 आलु,मकै बारीमा छोडेर आएको थिए

No comments:

Post a Comment