Sunday, July 26, 2015

रित्तिएकाे आकाश जहाँ तारा जुन
छैन
मरिसकेको रात मा मेरो कुनै बास
छैन
सडकको बत्ती मुनी मेरो छाया पनि
छैन
मेरो नामको यहाँ कुनै आँसुहरु छैन

मलाई खोज्दै कसैले मेरो हाल साेध्याे भने
मेरो रात उसको हातमा थमाई दिनु
मेरो नाममा कसैले चिठी पठायो भने
मेरो खुशी चिठी मा हालेर पठाई दिनु

लाग्छ मेरो खुशी यही कही छ
झस्किन्छ मन फेरी तिमी यही कतै छौ
रित्तो आकाश मा फेरी तारा जुन टासेर हेर्छु
लाग्छ मेरो खुशी येही कही छ

No comments:

Post a Comment