Sunday, July 5, 2015

मेरो प्रश्नको उत्तर कहाँ खोज्नु
कथा छोडेर त्यसको पात्र खोज्दैछु
निन्द्रा भित्र सपना खोज्दैछु
हावा भित्र मेरो श्वास खोज्दैछु
लडी रहेको ढुंगा भित्र आत्मा खोज्दैछु

सुन्तलाको भारी बोकेर आएको दाजुलाई
पसिनामा भिजेको कथा माग्दैछु
चियाकाे बाेटमा अल्झेकाे भावना लाई
लुथ्रुकै भिझेकाे व्यथा माग्दैछु
आरा काट्दै गरेको भाईलाई
उसको सन्तुष्टि माग्दैछु

सदा झैँ चलिरहेको नाटकमा
आज पनि एउटा नाटक छ
सदा हिडी रहेको बाटोमा
आज पनि रमितै रमिता छ

No comments:

Post a Comment