म त एउटा लाचार बादल हु
हावाको झोका सित नाची हिड्ने
म त एउटा सडकको ढुंगा हु
सधैं थोकर खाई सहनु पर्ने
म त बजार मा बिज्ञापन भएको छु
झो कसैले पढे हुने च्याते हुने
म त रहर मा किनेको बस्तु हु
ढिक मरे फ्याली जाने
म त कलमको मसी भएको छु
आज उसको कथा लेख्छु भोली कसैको
आज आफ्नै कथा लेख्न बस्दा
लेख्न नसक्ने कलम भै सकेछु
No comments:
Post a Comment