मत्थुकाे मदिरा खोस्ने कोशिश नगर नसामा उ मस्त डुबेको बेला
झर्दै गरेकाे आँसुलाई पुछ्ने कोशिश नगर
व्यथा संग उ बग्दै गरेको बेला
मन्दिरको मुर्तिलाई भविष्य साेधे मैले
हात काटेर भाग्य रेखा कोरे मैले
चुडी सकेको फुललाई बाटो साेधे मैले
रमिता भै आफै भत्केको हेरी बसे मैले
अत्तालिन्न्छ मन तिमी सपना भएको देखेर
अन्धकार मेरो हालसित राेई दिन्छ
साेध्छाै भने म भित्रको शुन्यतालाई साेध नसामा कसरी बाचेको होला उ
No comments:
Post a Comment